नमस्कार !!!
हामी नेपाल कैदीबन्दी ब्यबस्थापन संघ नामक गैर नाफामुलक संस्थाको तर्फबाट हजुरलाई स्वागत गर्न चाहन्छौ। जानी नजानी भएको गैरकानुनी हर्कतबाट कैदमा परेको र कैदबाट मुक्त भए पश्चात फेरिपनि सुनियोजित ढंगले अपराधिक कार्य गर्न सक्ने सम्भावनालाइ हदै सम्म कम गराउनु पर्छ भन्ने उदेश्य को साथ् यस संस्थाको जन्म भएको हो र यसलाई मिति बि.सं २०७८ मा कानुनि रुपमा नै दर्ता गरिएको पनि जानकारी गराउदछौ।
सो उदेश्यको परिपूर्ति गर्न कैदीबन्दीहरुलाई प्राबिधिक र सिपमुलक तालिम तथा मनोबैज्ञानिक परामर्स दिई कैदीबन्दीहरुको सामाजिकीकरणमा सहजता गराई सो उदेश्य को परिपूर्ति हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ। साथै यस उदेश्य ले पुन: अपराधीक गतिबिधिलाई कम गराई आम जनमानसमा सुरक्षा को प्रत्याभूति पनि दिलाउछ भन्ने हामीले आकांक्षा गरेका छौ। हाम्रो उदेश्यलाई अझ मज्बुतिका साथ् अगि बढाउन न्युन आर्थिकस्तर भएको कैदीबन्दीहरुको परिवारलाई पनि आवस्यक पर्ने आर्थिक,भौतिक र नैतिक सहयोग पुर्याउने सोच रहेको पनि जानकारी गराउदछौ।
यस उदेश्य प्राप्तिको लागि नेतृत्वदायी, समाजसेवी, मानवीय भावना एवं समाजलाई सकारात्मक परिवर्तन गर्ने र गर्नु पर्छ भन्ने भावना भएको व्यक्तित्वहरुको तथा संघ संस्थाहरुको खाँचो छ। हाम्रो उदेश्यलाई साकार पार्नको निमित्त तपाईहरुको सहयोग अपरिहार्य भएकोले तपाईहरुबाट हुनसक्ने आर्थिक सहयोग को अपिल गर्दछौं।

